+
+
Shares

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १२:००

२ माघ, कैलाली । कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका-४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो ।

ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से७प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिए ।

गम्भीर घाइते चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी बस्नेतले बताए ।

ठक्कर दिने चालकलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?