Comments Add Comment

प्रियंका र आयुष्मानले भैसेपाटीमा किने घर

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १५ गते बिहे गर्न लागेको चर्चा चलिरहेको छ । तर, यो जोडीले आज आफ्नो बिहेको मिति सार्वजनिक गर्ने बताएको छ । यसैविच, प्रियंका र आयुष्मान बिहेपछि छुट्टै घरमा बस्ने तयारीमा लागेका छन् । यसैले पनि यी दुइले भैसेपाटीमा नयाँ घर किनेका छन् ।

नायिका प्रियंका कार्कीले आफूहरुले नयाँ घर किनेको र अहिले घरको सजावटमा व्यस्त भएको बताएकी छिन् । नायिका कार्कीले घर सेटअप गर्नका लागि निकै नै गाह्रो रहेको बताउँदै आफूलाई आफ्नो परिवारले साथ दिएको उल्लेख गरेकी छिन् ।

नायिका कार्कीले बिहेका कारण आफूले नयाँ चलचित्र साइन नगरेको बताउँदै चैत्रदेखि नयाँ चलचित्रमा व्यस्त हुने पनि जानकारी दिएकी छिन् । बिहेपछि पनि चलचित्र क्षेत्रमा नै सक्रिय रहने बताएकी कार्कीले अहिले भने बिहेको तयारीमा पूर्ण रुपमा लागेको जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment