+
+
Shares

समयमै योजना सम्पन्‍न गर्न मन्त्री अर्यालको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १२:३६

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुनु दु:खद रहेको भन्दै योजना समयमै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजीकरण गरे भन्ने कुरा पनि महत्वपूर्ण हुने बताइन् ।

‘के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिऊ । योजना नपरेको होइन काम नभएको हो’, मन्त्री अर्यालले भनिन्, ‘अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एकभन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?’

काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने उनले प्रस्ट्याइन् । ‘काम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाऊ,’ उनले भनिन् ।

एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्ने गरी खरिद ऐन संशोधन भएको भन्दै उनले योजना लिएर सम्पर्कविहीन ठेकदारको समस्या समाधान हुने बताइन् ।

विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?