+
+
Shares

कोरोना भाइरसको नियन्त्रणमा खटिएका ६ चिकित्सकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते २०:०५

२ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका निम्ति खटिएका ६ जना चिकित्सकको मृत्यु भएको खुलेको छ । त्यसैगरी १ हजार ७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएका छन् ।

वुहानमा कार्यरत १ हजार १ सय २ जना र हुवे प्रान्तका अन्य भागमा ४ सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

गत बिहीबार मात्रै थप १२० जनाको मृत्यु भएको थियो । यससँगै सो भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब १४ सय पुगेको छ।

तर पछिल्लो दिनहरुमा चीनमा कोरोना भाइरसबाट संक्रमित हुने सङ्ख्याको दर भने कम हुँदै गइरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सङ्क्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?