Comments Add Comment

आफ्नै बस खरिदका लागि प्रदेश २ सरकारद्वारा टेण्डर आह्वान

२ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले आफ्नै बस सेवा सञ्चालनका लागि टेण्डर आह्वान गरेको छ ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाम भएर मुख्य शहरमा बस सञ्चालन गर्न खरिद प्रक्रिया अघि बढाएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शुरुमा पाँच वटा बस खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको जानकारी दिए ।

जनकपुरधामबाट राजविराज र वीरगञ्ज बस सञ्चालन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । अब केही दिनभित्रै बस प्रदेशको मुख्य तीन वटा शहर भएर आवतजावत हुने उनले बताए ।

१५ वर्षभित्र कायापलट

जितेन्द्र सोनलले पत्रकार सम्मेलन गरी १५ वर्षभित्र झण्डै ४ हजार किलोमिटर सडक निर्माण गरी प्रदेशको कायापलट गर्ने दावी गरेका छन् । उनले तीन चरणमा सडक निर्माण गर्ने लक्ष्य लिएको बताएका हुन् ।

प्रदेशभित्र ३ हजार ३ सय ९२ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको मन्त्री सोनलले बताए । प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग र अन्य प्रादेशिक सडक गरी उक्त सडक निर्माण गर्ने उनले योजना सुनाए ।

पहिलो चरणमा ७ सय ३७ किलोमिटर प्रादेशिक लोकमार्ग, ६ सय १६ किलोमिटर प्रादेशिक सहायक लोक मार्ग र ३ सय १३ किलोमिटर प्रादेशिक अन्य सडक निर्माण गरिने मन्त्री सोनलले बताए ।

उनका अनुसार दोस्रो चरणमा ७ सय ६० किलोमिटर प्रादेशिक लोकमार्ग, ३ सय ६८ किलोमिटर प्रादेशिक सहायक लोक मार्ग र १ सय ९५ किलोमिटर प्रादेशिक अन्य सडक निर्माण गरिनेछ ।

तेस्रो चरणमा २ सय ७७ किलोमिटर प्रादेशिक सहायक लोक मार्ग र १ सय २६ किलोमिटर प्रादेशिक अन्य सडक निर्माण गर्ने मन्त्री सोनलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment