+
+
Shares

७५ हजार घुससहित विद्युत प्राधिकरण सिन्धुलीका सहायक प्रवन्धक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते २०:३२

२ माघ, काठमाडौं । नेपाल विद्युत प्रधिकरण,  विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित पक्राउ परेका छन् ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएका थिए । उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कमलामाई नगरपालिका-७ गैरी चौकबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । इन्जिनियर सुनारलाई भने उनकै कार्यालयबाट पक्राउ गरिएको कोइरालाले बताए ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?