
३ फागुन, काठमाडौं । म्यानचेस्टर सिटीमाथि युरोपियन क्लब प्रतिस्पर्धाका दुई सिजनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ ।
क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लंघनको आरोपमा युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लगाएको हो ।
प्रिमियर लिगमा सिटीमाथि प्रतिबन्ध नगरिए पनि जरिवाना गरिएको छ । समाचार अनुसार, सिटीले प्रिमियर लिगमा सहभागिताका लागि ३० मिलियन युरो जरिवाना तिर्नुपर्ने छ ।
तर, यसविरुद्ध सिटीले खेल अदालतमा पुनरावेदन गर्न सक्ने छ ।
म्यानचेस्टर सिटीले प्रतिबन्धको निर्णयलगत्तै प्रतिक्रिया दिँदै भनेको छ– निराश भएका छौं तर आश्चर्यमा परेका छैनौं ।
प्रतिबन्धविरुद्ध खेल अदालत जाने उसले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4