+
+
Shares

‘लभ आजकल’ले पहिलो दिन कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३ गते १५:१३

शुक्रबारबाट बलिउड चलचित्र ‘लभ आजकल’ रिलिज भएको छ । कार्तिक आर्यन र सारा आलि खानको मुख्य भूमिका रहेको यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो ।

भ्यालेनटाइन्स डेलाई लक्षित गरेर सोही दिन रिलिज भएको यस चलचित्रले पहिलो दिन १२ करोड माथिको व्यापार गरेको छ । बलिउड बक्स अफिस हेर्ने हो भने चलचित्रको पहिलो दिनको कमाई १२ करोड ४० लाख रहेको छ ।

त्यो सँगै ‘लभ आजकल’ यो वर्ष रिलिज भएका चलचित्रहरु मध्ये पहिलो दिन सबैभन्दा बढि कमाई गर्ने चलचित्रको दोस्रो स्थानमा परेको छ । ‘तान्हाजी’ले पहिलो दिन १५ करोड १० लाखको व्यापार गरेको थियो ।

दोस्रो दिन अर्थात् शनिबार पनि लभ आजकालको कमाई उत्साहजनक नै छ । शनिबार चलचित्रको कमाई १८ करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । समिक्षात्मक रुपमा पनि चलचित्रलाई रुचाइएको छ । सारा र कार्तिकको रोमान्सलाई दर्शकले रुचाएका छन् ।

प्रेमकथामा निर्माण भएको यस चलचित्रलाई इम्तियज अलिले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?