+
+

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ पनि दशैंमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते ११:१६

चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन सुरु भएको छैन, तर निर्माणपक्षले एउटा भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । झरना थापाको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यो चलचित्रलाई आउँदो बर्षको कात्तिक ७ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन केही हप्तामा सुरु हुँदैछ । यसपटक, लभ स्टोरी कथालाई नै पर्दामा उतार्न लागेको निर्देशक थापाले जानकारी दिएकी छिन् ।

यो मितिमा यसअघि प्रदिप भट्टराइको निर्देशन तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्रको पनि प्रदर्शन मिति तय गरिएको छ । यस्तै, चलचित्र ‘छक्का पन्जा ४’को प्रदर्शन मिति पनि यही मितिमा पक्का गरिएको छ । यसरी हेर्दा, आउँदो बर्षको दशैंमा चलचित्र क्षेत्रमा महाभिडन्त हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?