Comments Add Comment

मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

४ फागुन, विराटनगर। आइतबार मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर, ग्रामथान र जहदा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

आइतबार बिहान ग्रामथान गाउँपालिका- ३ रंङटोलीस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्थानीय ५३ वर्षीय हरिलाल माझीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

जहदा गाउँपालिका- ५ को भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को३७प ९७४३ नम्बरको मोटरसाइकल र को१२प ६२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा को३७प ९७४३ नम्बरको मोटरसाइकल चालक २४ वर्षीय वीरेन मण्डलको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका- ३ दुध फारम नजिकै दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । दुहबीबाट विराटनगर आउँदै गरेको को३७प ९५७२ नम्बरको मोटरसाइकलले अन्दाजी ७० वर्षीय पैदल यात्रीलाई ठक्कर  दिँदा उनको उपचारका क्रममा  नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार राति पनि मोरङको रतुवामाईमा रोकीराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको थियो ।  रतुवामाई-१ कल्याणपुर स्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा परी रतुवामाई-१ सोनापुरका २२ वर्षीय आबिद मियाँको मृत्यु भएको हो ।

शनिबार राति साढे ९ बजे को२७प ४६५० नम्बरको मोटरसाइकल सोही स्थान बाटोमा बिग्रिएर पार्किङ गरिराखेको को२त २८०० नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो ।

शनिबार बिहान र शुक्रबार राति मोरङका छुट्टाछुट्टै दुर्घटनमा चारजनाको मृत्यु भएको थियो । शनिबार बिहान विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकल र टिपर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुर्घटनामा सिरहा सुखीपुर नगरपालिका-२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका-२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको थियो ।

मोटरसाइकलमा तीनजना सवार थिए । एकजना घाइते छन् । शुक्रबार राति करिब १२ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरमा को३७प १७ नम्बर र तीन जना सवार रहेको को३४प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईंको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment