+
+

आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १९:२२

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागि ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड वाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई तीन लाखको चेक हस्तान्तरण गरे ।

आश्रमका संरक्षक सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरूका लागि अति आवश्यक तातोपानीका लागि सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आईएमई बैंक लिमिटेडलाई धन्यवाद दिए ।
कडरियाले बैंक पनि समाजकै अंग भएकाले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रममा सहयात्री भइरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?