+
+
Shares

‘मिर्मिर कपाल’बाट नवराज घोरासैनीको ‘कमब्याक’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते ११:५५

काठमाडौं । ‘घुम्तीनेर लेट भयो, सानु मायालाई बाटैमा भेट भयो…।’ यो गीत नसुन्ने कमै होलान् । जतिबेला लोक दोहोरी गीतको क्रेज चुलिएको थियो, त्यतिबेला प्रायः पश्चिमेली भाकाकै गीतको दबदबा थियो । तर, जब काँठे भाकाको ‘घुम्तीनेर लेट भयो’ गीत आयो, तब अरु सबै गीत पछि परे ।

यो गीतले गायक नवराज घोरासैनीलाई नाम र दाम दुवै दियो । उनी काँठे भाकाको गीतका पर्याय नै बने । किनभने उनैले गाएका ‘गमलामा जाई’, ‘चाँगुनारायणथान’, ‘बेँसी झर है’, ‘घर त छाउनीमा’, ‘मोबाइलमा फोन गर’ लगायतका गीतहरुले पनि दर्शक-स्रोताका मन जिते । त्यसपछि भने घोरासैनी गीत संगीतको क्षेत्रबाट एकाएक ओझेल परे ।

१० वर्षको ग्यापपछि उनी फेरि काँठ क्षेत्रकै भाकाको गीत लिएर दर्शक-स्रोता माझ आएका छन् । यसपटक उनले ‘मिर्मिर कपालैमा’ बोलको गीत बजारमा ल्याएका छन् । यसमा उनको आफ्नै शब्द, संगीत र स्वर छ । यो गीतमा गायिका अञ्जु पन्तले नवराजलाई साथ दिएकी छिन् ।

दश वर्षपछि कमब्याक गरेका उनी, यो गीतलाई पनि दर्शक र स्रोताले मन पराइदिने विश्वासमा छन् । ‘गीत संगीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि मिर्मिर कपालैमा ल्याएको छु,’ घोरासैनीले भने, ‘यो गीतलाई पनि सबैले मन पराइदिनु हुन्छ भन्ने आशामा छु ।’

‘मिर्मिर कपालैमा’ गीतलाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् । एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?