Comments Add Comment

ह्वाट्सएप प्रयोगकर्ताको संख्या २ अर्ब पुग्यो

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप प्रयोगकर्ताको संख्या २ अर्ब पुगेको छ ।

सन् २०१७ को अन्त्यसम्ममा डेढ अर्ब रहेको ह्वाट्सएप प्रयोगकर्ताको संख्या पछिल्लो दुई वर्षमा ५० करोडले बढेको हो ।

सन् २००९ मा स्थापना भएको ह्वाट्सएप सन् २०१४ मा फेसबुकले खरीद गरेको थियो । त्यतिबेला फेसबुकले १९ अर्ब डलरमा ह्वाट्सएप खरीद गरेको थियो । जुन प्रविधि जगतमा अहिलेसम्म भएको सबैभन्दा ठूलो खरीद बिक्रि हो ।

ह्वाट्सएपले एण्ड टू एण्ड इनक्रिप्सन प्रविधिको माध्यमबाट प्रयोगकर्ताका च्याटहरूलाई सुरक्षित बनाउने गरेको छ । प्रयोगकर्ताबीच आदानप्रदान भएका मेसेज तथा कलहरू ह्वाट्सएप स्वयंले समेत पढ्न र सुन्न नसक्ने दाबी ह्वाट्सएपको छ ।

तथापि ह्वाट्सएपको इनक्रिप्सन प्रविधि सुरक्षाका कारणले गर्दा पछिल्लो समयमा विश्वमा विवादित समेत बन्न थालेको छ । खासगरी विश्वका सरकारहरूले यस्ता इनक्रिप्टेड डाटाहरूमा आफुलाई पहुँच दिनुपर्ने माग गर्ने गरेका छन् ।

गत अक्टोबरमा अमेरिकी महान्यायाधिवक्ताले आफ्नो प्लाटफर्ममा प्रयोगकर्ताका मेसेजहरू इनक्रिप्ट गर्ने योजना तत्कालका लागि रोक्न फेसबुकलाई आग्रह गरेका थिए ।

तर ह्वाट्सएपले भने आफ्नो इनक्रिप्सन प्रविधिको प्रतिरक्षा गर्दै आफुले सुरक्षा तथा प्रयोगकर्ताको गोपनियतामा कुनै सम्झौता नगर्ने बताएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment