Comments Add Comment

बुटवलमा तेस्रो खुल्ला लन टेनिस प्रतियोगिता सुरु

५ फागुन, बुटवल । बुटवलमा तेस्रो संस्करणको खुल्ला लन टेनिस प्रतियोगिता सुरु भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताको पूर्वमन्त्री एवं रुपन्देही १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे ।

उद्घाटनपछि बोल्दै सांसद विश्वकर्माले बुटवलमा लन टेनिस खेलका लागि स्तरीय पूर्वाधार बनेकाले राष्ट्रिय र अन्तराष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्नेतर्फ सोच्न सुझाब दिए ।

प्रतियोगितामा काठमाडौं, कास्की र रुपन्देहीका एक सय बढी खेलाडीले विभिन्न ८ इभेन्टमा प्रस्पिर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष संजय श्रेष्ठले बताए ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुषतर्फ ३५ वर्षमाथि,४५ वर्षमाथि र ५५ वर्ष माथिको उमेर समूहमा पनि प्रतिस्पर्धा हुने संघका सचिव गोपाल ज्ञवालीले जानकारी दिए ।

पुरुष एकल र महिला एकलतर्फ प्रथम हुनेलाई ५५ हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई नगद १० हजार पुरस्कार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment