+
+
Shares

आरआर क्याम्पसमा नेकपा र कांग्रेसका विद्यार्थीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १२:२५

५ फागुन,काठमाडौं । रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सोमबार झडप भएको हो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएको छ ।

प्रहरीले समेत नेकपाको अनेरास्ववियूलाई सघाउँदै नेविसंघकै पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई नियन्त्रणमा लिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ । उनीहरुलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?