Comments Add Comment

गोदावारीस्थित लेलेमा घरको बरण्डामा ग्रिनेड बम

५ फागुन, काठमाडौं । ललितपुरको गोदावरी नगरपलिका–५ लेलेस्थित एक व्यक्तिको घरमा ग्रिनेड बम भेटिएको छ ।

स्थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले अनलाइनखबरलाई जानकारी दिए । सोमबार बिहान सात बजेको समयमा मिजारको घरमा बम भेटिएको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको डीएसपी ओझाले बताए ।

मिजारको घरमा भेटिएको बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment