+
+

दुई सांसदको निधनमा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १५:५१

५ फागुन, काठमाडौं । राष्ट्रियसभाले दुई जना सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको बैठकले नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य दुर्गा उपाध्याय र पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको फागुन २ गते शुक्रबार आफ्नै निवासमा निधन भएको थियो । सांसद उपाध्याय २०७४ सालको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर ५ बाट कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा निवाचित भएका थिए ।

पूर्वसंविधानसभा सदस्य सोमानीको गत माघ २५ गते शनिबार आफ्नै निजी निवास झापामा निधन भएको थियो ।

मृतकप्रति शोक प्रकट गर्दै राष्ट्रिय सभाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रिय सभा सदस्यहरुले एक मिनेट मौन धारण पनि गरे ।

राष्ट्रियसभाको अर्को बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?