Comments Add Comment

निर्भया बलात्कार काण्डका दोषीलाई २० फागुनमा मृत्युदण्ड दिइने

५ फागुन, काठमाडौं । नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूलाई २० फागुनमा मृत्युदण्ड दिइने भएको छ । दिल्लीको पटियाला हाउस अदालतले सोमबार मृत्युदण्डको नयाँ मिति सार्वजनिक गरेको हो ।

अदालतले दोषी ठहर गरेका मध्ये अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई फाँसी दिन लागिएको हो । चारै जनाले जीवन रक्षाको माग गरेर अलग अलग अपील गरेका कारण यसअघि तय भएका मृत्युदण्डको मिति सर्दै आएको थियो ।

अर्का दोषीलाई भने बलात्कार घट्ना भएका बेला वालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ । दोषी मध्येका राम सिंहले २०१३ मा तिहाड जेलका आत्महत्या गरिसकेका छन् ।

के हो निर्भया प्रकरण ?

पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो, निर्भया । उनीमाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्भर २०१२ राती सामूहिक बलात्कार भएको अदालतले ठहर गर्‍यो ।

६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा मृत्यु भएको थियो । मेडिकलकी विद्यार्थी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो ।

निर्भयामाथिको आक्रमण यति आततायी थियो की महिला हिंसाविरुद्धको कानूनको समिक्षा गर्न व्यापक दबाव बढ्यो । त्यसपछि भारतले जस्टिस वर्मा समिति गठन गरेर त्यसैको सिफारिसको आधारमा २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गर्‍यो ।

१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्‍यो । अदालतको निर्णय दुई हप्तापछि कार्यान्वयन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment