Comments Add Comment

वीरगञ्जमा किराना पसलको गोदाममा आगलागी

५ फागुन, वीरगञ्ज । वीरगञ्जको माईस्थानस्थित विट्टु किराना पसलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ४० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

वीरगञ्ज–५ का मनोज कुमार गुप्ताको किराना तथा कष्टमेटिकका समान राखिएको गोदाममा सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

गुप्ताले वीरगञ्ज–६ गहवा माईस्थान स्थित मधुसुधन अग्रवालको घरमा तल्लो तलामा किराना पसल र दोस्रो तलामा गोदाम राखेका थिए । सोमबार दिउँसो साढे १ बजेतिर अचानक आगलागी भएको थियो ।

आगलागीबाट किराना र कष्टमेटिकका समान जल्नुको साथै आगो निभाउने क्रममा भिजेर क्षति पुगेको छ । आगलागीबाट ४० लाख जतिको क्षति भएको अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए । ‘सञ्चालकले गोदाममा ८० लाख जतिको समान थियो भनेका छन् । आगोले जल्नुको साथै भिजेको पनि छ । ’ उनले भने ‘ ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।’

आगो वीरगञ्ज महानगरपालिकाको तीन वटा दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए । बजारको बीच भागमा आगो लागेका कारण नगरबासी त्रसित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment