Comments Add Comment

छापामा आज : चीनबाट उद्धार गरिएका नेपालीमा देखिएन कोरोनाको लक्षण

६ फागुन, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट पाएको सफाइ र शिवमाया तुम्बाहाङ्फे मन्त्री बनेको विषयले आजका अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक कोरोना संक्रमण, निम्न आए भएकामाथि लघुवित्तले गरेको ज्यादतिलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

‘महरा निर्दोष’ शीर्षक दिएर मुख्य समाचार बनाएको अन्नपूर्णले चीनबाट फर्किएका नेपालीबारे पनि एक समाचार छापेको छ । समाचार अनुसार, चीनबाट फर्किएका सबै नेपाली सकुशल रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार संकलित र्‍याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ । यद्यपि, सबै सकुशल छन् । कोरोनाको लक्षण चीनबाट आएका कुनै पनि नेपालीमा देखिएको छैन ।

चीनमा कोरोनाको संक्रमण बढेपछि चीनमा रहेका नेपालीलाई उद्धार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

अमेरिकन आइडलमा सहभागी एक नेपालीबारे पनि अन्नपूर्णले समाचार बनाएको छ । नेपाली युवक दिवेश पोखरेल नेपाल आइडलमा सहभागी भएका हुन् । उनी १८ संस्करणको २० उत्कृष्टमा छानिएका छन् । संसारभरि नेपाली समुदायमा यसले खुसी छाएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– छानिएका मात्र होइन, आइडलका निर्णायकहरू केटी पेरी, लियोनल रिची र लुक ब्रायनले दिवेशको गायनको उच्च तारिफ गरेका छन् ।

लघु वित्तले लघु उद्यमीमाथि गरेको ज्यादतिबारे नयाँ पत्रिकाले समाचार बनाएको छ । लघु उद्यमीलाई आर्थिक सहायता प्रदान गर्न लघुवित्तको अवधारणा आए पनि सहरमा गाडी र जग्गा किन्नेलाई भन्दा गाउँमा तरकारी लगाउनेसँग चर्को व्याज लिने गरिएको समाचारको सार छ । यसकै तनावले विपन्न परिवारमा आत्महत्याको शृंखला चलेको छ ।
विभिन्न देशका सैन्य अधिकारीको बाक्लो आउजाउबारे पनि नयाँ पत्रिकाले नजर लगाएको छ ।

परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहछि भारतीय अध्यागमनले नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपनाउने नियम अनिवार्य गरेको कान्तिपुरमा समाचार छ । त्यस्तै भारतले महाकालीमा बनाएको पुल हटाइएको खबर पनि कान्तिपुरमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment