Comments Add Comment

प्रसूति गृहमा प्रभु-पे मोबाइल वालेटबाट अनलाइन टिकट सुरु

६ फागुन, काठमाडौं ।थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि अस्पताल पुगेर टिकट काट्नु नपर्ने भएको छ । अब घरमै बसेर प्रभु पे मोबाइल वालेट मार्फत आफूले चाहेको समय र चिकित्सकसंग टिकट काट्न सकिने सुबिधा अस्पतालले दिएको छ । यसले अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

प्रसूति गृह अस्पतालले आइतबारदेखि अनलाइन टिकट प्रणाली सुरु गरेसंगै घन्टौसम्म लाइन बस्नुपर्ने बाध्यता हटेको हो । भीड व्यवस्थापन गर्न र बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणाली सुरु गरिएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले बताए । उनले भने,’भीड व्यवस्थापन र बिरामीको सहजताका लागि प्रभु पे मोबाइल वालेट मार्फत अनलाइन टिकट शुरु गरेका हौं । ‘

मेडीफ्लो सोलुसनले प्रभु पे मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था अब परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल अस्पताल बाट पनि सुरु भएको छ ।

मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे सँगको सहकार्यमा सुरु गरेको छ । उनले भने अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ ।

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ ।

उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।

अस्पतालले हाललाई जनरल ओपिडी तथा पेइङ क्लिनिक दुबै टिकट काट्नका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ । यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment