Comments Add Comment

जन्मसिद्ध श्रेष्ठताको शासन समाप्त पारियो, अब समृद्धिमा योगदान गरौं : प्रधानमन्त्री

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य गरिएको बताउँदै अब समृद्ध नेपाल निर्माणमा योगदान गर्न जनतामा अपिल गरेका छन् ।

‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति म पुनः एकपटक हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,’ प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्,’मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन एकजुट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आहृवान गर्दछु ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment