Comments Add Comment

सिक्न चाहने पल

नायक पल शाहले केही समय अगाडि आयोजना भएको चलचित्र ‘२ नम्बरी’को पत्रकार सम्मेलनमा आफूले यो टिमबाट धेरै कुरा सिक्ने बताएका थिए । विशेषगरि, नायक दयाहाङ राइसँग काम गर्ने आफ्नो चाहना रहेको भन्दै उनले दयाबाट धेरै कुरा सिक्ने बताए ।

पलले दयाहाङ राइबाट धेरै कुरा सिक्ने बताइरहँदा दयाले पनि पलसँग काम गर्न आफू लालयित रहेको सुनाएका थिए । नायक पल शाहले हिजोआज आफूले काम गर्न लागेको चलचित्रबाट धेरै कुरा सिक्ने बताइरहेका छन् । केही दिन अगाडि आयोजना भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक कार्यक्रममा पनि उनले निर्देशक सुदर्शन थापा र उनको टिमबाट धेरै कुरा सिकेको बताएका थिए ।

सुदर्शनसँग काम गर्न आफू सधै नै उत्साहित रहेको सुनाउँदै पलले आफूले यी सफल निर्देशकबाट धेरै कुरा सिकेको बताएका थिए । यसैले पनि पल हिजोआज सिक्न चाहेको कुरा गर्न थालेको प्रष्ट हुन्छ ।

चलचित्र क्षेत्रमा लागेको केही बर्षमै राम्रो क्रेज बनाएका यी चकलेटी नायकको अभिनयको आलोचना भने हुँदै आएको छ । यसैले पलले अभिनयसँगै सफल निर्देशक र कलाकारबाट धेरै कुरा सिके भने उनको करिअरलाई पनि फाइदा हुने कुरामा दुइमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment