७ फागुन, झापा । झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट प्रहरीले १४ किलो चाँदी र २१ किलो तामाका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवार छन् । उनीहरुले बोकेको झोला खनतलासी गर्ने क्रममा चाँदी र तामाका सामान बरामद भएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।
बरामद सामान ९ लाख ९८ हजार रुपैयाँ बराबरको भएको कोइरालाको भनाइ छ । बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4