Comments Add Comment

संघीयताको पहिलो खुड्किलो नै प्रजातन्त्र हो : मुख्यमन्त्री राउत

७ फागुन, जनकपुरधाम । ७० औं प्रजातन्त्र दिवस प्रदेश २ सरकारले पनि मनाएको छ ।

दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्राङ्गणमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले संघीयताको पहिलो खुड्किलो नै प्रजातन्त्र भएको बताए ।

लोकतन्त्रको उच्चतम विन्दु संघीय गणतन्त्र आइसकेको अवस्थामा शहीदले देखाएको बाटोमा जनप्रतिनिधि हिँड्नुपर्ने उनले बताए । शहीदले देखेको समृद्धि र विकासको सपना पूरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको काँधमा आएको भन्दै  मुख्यमन्त्री राउतले सबैले इमान्दारिताका साथ काम गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री राउतले विभिन्न आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दाका कारण जेल जीवन बिताइरहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकारसंग आग्रह समेत गरे ।

प्रदेशका विभिन्न मन्त्री, मुख्य सचिव, कर्मचारीको उपस्थिति रहेको कार्यक्रममा क्रममा प्रदेश प्रमुख तिलक परियारले झण्डोत्तोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment