Comments Add Comment

शिवरात्रीमा पशुपति क्षेत्रमा ५ हजार स्वयंसेवक

गाँजा चरेश खान नपाइने

७ फागुन, काठमाडौं । फागुन ९ गते मनाइने शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार जना स्वयंसेवक खटाइने कोषले जनाएको छ । जसमा नेपाल स्काउटका स्वयंसेवक पनि रहनेछन् ।

स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि बाहिरी क्षेत्रमा मात्र परिचालन गर्ने पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको उनले बताए । गाँजा चरेश खाएर शिवरात्री पर्व मनाइन्छ भन्ने सन्देशलाई गलत ठह¥याउने उनको भनाइ छ ।

शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् । सादा पोशाकमा पनि प्रहरी परिचालन गरी मेला क्षेत्रको अनुगमन गर्ने सदस्य सचिव ढकालले जानकारी दि ।

पूजा गर्न चार लाइनको व्यवस्था

शिवरात्रीका अवसरमा पशुपति मन्दिर दर्शन गर्न चारवटा लाइनको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको जानकारी दिएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ ।

तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एउटा लाइन बनाउन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दर्शन गर्न जानेहरु जुन मार्गबाट प्रवेश गर्छन् त्यही मार्गबाट फर्किनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment