+
+

वीरगञ्जमा मानवअधिकारबारे विद्यार्थीलाई प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते २०:११

७ फागुन, वीरगञ्ज । समाजमा राज्यको परिवर्तित व्यवस्थाका बारेमा सचेतना जगाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । वीरगञ्जमा बुधबार आयोजित मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले त्यस्तो बताएका हुन् ।

नेपाल मानव अधिकार संगठनले आयोजना गरेको प्रशिक्षणमा बोल्दै अधिवक्ता दिनेश त्रिपाठीले जनतालाई केन्द्रमा राख्ने, सार्वभौमसत्ता जनतामा निहित रहेको संघीय गणतन्त्रको बारेमा जनतालाई बुझाउनुपर्ने बताए । उनले अधिकार संविधानमा उल्लेख गरेर मात्रै नपुग्ने जनताले अनुभूति गर्ने गरी राज्यले प्रदान गर्न सक्नुपर्नेमा जोड दिए ।

‘जनतालाई शक्ति सम्पन्न बनाउन संविधानमा मौलिक अधिकार दिइएको छ, संविधानमा अधिकार छ भनेर लेखेर मात्रै हुँदैन, जनतालाई दिन पनि सक्नुपर्छ,’ उनले भने, ‘आफ्नो अधिकार पाउनका लागिथ जनता जागरुक हुनुपर्छ ।’

कार्यक्रमको उद्घाटन गर्दैै वीरगञ्ज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले नरोएसम्म आमाले दुध पनि नदिने बताइन् । ‘पहिला आफ्नो अधिकार के छ भनेर बुझ्नुपर्छ, त्यसपछि त्यसको प्राप्तीका लागि आवाज उठाउनुपर्छ,’ उनले भनिन्, ‘म मानव हुँ मैले मानिसको सेवा गर्नुपर्छ भन्ने भावना हुने हो भने कसैको अधिकार हनन हुन्न । तर अहिले राजनीतिमा मानव सेवाभाव हराएको छ । तीन तहको सरकारले समेत मानव अधिकारको प्रत्यभूति दिन सकेको छैन ।’

वीरगञ्ज पब्लिक कलेज, ग्लोबल बिजनेस कलेज, डेसिमल कलेज, वीरगञ्ज कलेजमा अध्ययनरत ६० जना विद्यार्थीलाई मानव अधिकारका विभिन्न पक्षहरुको बारेमा जानकारी गराइएको संगठनका पर्सा सचिव शिवनाथ यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?