Comments Add Comment

‘फिल्म फेयर’को नोमिनेशनमा नपरेपछि यामीको यस्तो जवाफ

बलिउड नायिका यामी गौतमले केही दिन अगाडि आयोजना भएको ‘फिल्म फेयर अवार्ड’को नोमिनेशनमा नपरेपछि आफ्नो जवाफ सार्वजनिक गरेकी छिन् । चलचित्र ‘बाला’बाट नोमिनेशनमा पनि नपरेपछि उनलाई थुप्रै फ्यानहरुले सन्देश पठाएका थिए ।

यामीले सामाजिक संजालमा आफू जवाफ दिनका लागि वाध्य भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘इमान्दारिताका साथ म के भन्छु भने, एउटा अवार्डले कलाकारको आत्मविश्वास र कामप्रतिको उपलब्धीलाई बलियो बनाउँछ । तर, नोमिनेशन पनि तपाइको कामप्रतिको सम्मान हो ।’

यामीले अनुभवले मानिसलाई बलियो बनाउने बताउँदै लेखेकी छिन्–‘तर, वास्तविकतामा हेर्दा तपाइको कामलाई कुनै अवार्डको जरुरी पर्दैन । जुन तरिकाले यो बर्ष मलाई दर्शक, मिडिया, चलचित्रकर्मीले साथ दिनुभएको छ, यो नै मेरा लागि ठूलो उपलब्धी हो । मलाई अझै राम्रो काम गर्नका लागि यी कुराले प्रेरित गरेको छ । तपाई कहाँबाट आउनुभएको हो भन्ने कुराले यसमा कुनै अर्थ राख्दैन । तर, कुनै पनि कुरामा हार मान्नु हुँदैन । यो निकै नै लामो यात्रा हो ।’

यामीको यो जवाफमा बलिउडका थुप्रै कलाकारले साथ दिएका छन् । चलचित्र ‘बाला’मा यामीले गरेको कामको खुबै प्रशंसा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment