Comments Add Comment

लिङ्ग टोकिदिने फुटबल खेलाडीलाई पाँच वर्षको प्रतिबन्ध

फुटबल खेलमा खेलाडीहरुले एक अर्कामाथि लात्ता तथा मुक्का बजारेको त देखिएकै हो । तर फ्रान्समा चाहिँ एकजना खेलाडीले आफ्नो विपक्षी टिमको अर्को एकजना खेलाडिको लिंग नै टोकिदिए ।

खेलका क्रममा विपक्षी टिमका खेलाडिको यौनाङ्ग टोकिदिने कार्य ती फुटबल खेलाडीका लागि निकै महंगो साबित भयो । उनलाई पाँच वर्षसम्म फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ ।

यो अनौठो घटना फ्रान्समा हालै घटेको हो । टेरभिल्ले सहरमा गत नोभेम्बर महिनामा स्थानीय एससी टेरभिल्ले र ए एस सोएट्रिक क्लबबीच फुटबल खेल भएको थियो ।

निकै तनावपूर्ण रहेको खेलको समय सकिएपश्चात् दुई टिमका खेलाडिहरुबीच झगडा सुरु भयो । ड्रेसिङ रुमबाट सुरु भएको झगडाका क्रममा खेलाडीहरु गाडी पार्क गर्ने ठाउँमा पुग्दासम्म हानाहानमै उत्रिए ।

हानाहानमा उत्रिएका दुईजना खेलाडीलाई टेरभिल्ले क्लबका एक खेलाडीले छुट्टाउने प्रयास गरिरहेका थिए । तर झगडा छुट्टाउन आएका उनीमाथि सोएटि्रक क्लबका एक खेलाडी जाइ लागे र उनको लिङ्ग टोकिदिए ।

विपक्षी खेलाडीले लिङ्ग टोकिदिएपछि इन्तु न चिन्तु बनेका ती खेलाडीलाई तत्कालै अस्पताल लगाइयो । उनको लिङ्गमा १२ वटा टाँका लगाउनु परेको छ ।

आफ्नो यौनाङ्गमा टोकिएको घटनामा उनले प्रहरीमा उजुरी गरेपछि लिङ्ग टोकिदिने खेलाडीलाई पक्राउ गरियो । मोसिली जिल्ला अनुशासन समितिले लिङ्ग टोकिदिने खेलाडिमाथि फुटबलमा पाँच वर्षको प्रतिबन्ध लगाउनका साथै उनको क्लब एस एस सोएट्रिकलाई २ सय युरो जरिमाना तिराएको छ ।

हुनत लिङ्ग टोकिएर घाइते भएका खेलाडीमाथि पनि सजाय भएको छ । ड्रेसिङ रुम र कार पार्किङमा समेत झैझगडा गरेको भन्दै उनीमाथि समेत आगामी जुनसम्मको लागि प्रतिबन्ध लगाइएको हो । र, उनको क्लबलाई २ सय युरो जरिमाना गरिएको छ ।

उक्त घटनामा संलग्न खेलाडीको नामचाहिँ खुलाइएको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment