Comments Add Comment

अस्ट्रेलियामा होली म्युजिकल कन्सर्ट

सिड्नी / अस्ट्रेलियामा भएका नेपालीहरुले रंगहरुको पर्व होली मनाउने भब्य तयारी सुरु गरेका छन् । आगामी मार्च ६ मा मराना अडिटोरियम हर्सभिलमा हुने उक्त कार्यक्रम एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले आयोजना गरेको हो ।

उक्त कार्यक्रममा नेपालबाट नेपाली पप् गायिका प्रश्ना शाक्य, लोक गायक रविराज शाह र भोजपुरी गाएक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको स‌ंस्थाका महासचिब नितिश गुप्ताले बताए ।

करिब ७ सय नेपाली सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा सभ्य भएर सबैले सबैलाई रंग लगाउने, होली गीतहरुमा रमाउने र होलीका अवसरमा नेपालमा बनाइने परम्परागत खानाहरु पनि राखिने बताइएको छ ।

कार्यक्रमको लागि टिकट दर १५ अस्ट्रेलियन डलर राखिएको छ ।

नेपालको तराई भूभागको संस्कृति बचाउन हरेक वर्ष छठ, होली, इद जस्ता पर्वहरु मनाउने गरेको अध्यक्ष प्रविन चौरसियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment