Comments Add Comment

डोटीमा अज्ञात समूहद्वारा दुई स्काभेटरमा आगजनी

८ फागुन, डोटी । डोटीको सायल र आदर्श गाउँपालिकामा दुई स्काभेटरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ ।

सायल गाउँपालिकाको वडा नं. १ छपाली जाने बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटरमा आगजनी गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलका अनुसार राति करिब नौ बजेसम्म काम गरी मेसिन थन्काएर चालक र सहयोगी सुत्न गएका बेला आगो लगाइएको हो ।

घटनाको छानविन गर्न प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

यस्तै आदर्श गाउँपालिका वडा नं. ३ काँडी स्याउलेमा राखिएको आन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिप सिं देउवाले जानकारी दिए ।

एकै समयमा दुई वटा ठाउँमा आगजनी भएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment