+
+
Shares

साप्ताहिक मौसम पूर्वानुमान अब संघीय संरचनाअनुसार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते ८:४५

९ फागुन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले संघीय संरचनाअनुसार साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक गर्न थालेको छ ।

महाशाखाले यसअघि भौगोलिक अवस्थितिका आधारमा मात्रै मौसमको पूर्वानुमान गर्ने गरेको थियो । तर, महाशाखाले त्यसलाई बदलेर संघीय संरचनाअनुसार साप्ताहिक मौसम पूर्वानुमान जारी गर्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले कृषकहरूलाई लक्षित गर्दै संघीय संरचनाअनुसार मौसमी बुलेटिन सार्वजनिक गर्न थालिएको अनलाइनखबरलाई जानकारी दिइन् ।

यद्यपि, कृषकहरूलाई लक्ष्य गरेर महाशाखाले यसअघि पनि मौसमी बुलेटिन सार्वजनिक गर्ने गरेको थियो । तर, मुलुक संघीय संरचनामा गए पनि महाशखालले त्यसअनुसार बुलेटिन सार्वजनिक गर्न सकेको थिएन ।

महाशाखाले हरेक बिहीबार सातै प्रदेशको मौसमी विवरण तयार गर्ने गरेको छ । त्यसरी तयार गरिएको बुलेटिनलाई शुक्रबार जारी गर्ने गरिएको मौसमविद् मानन्धरले जानकारी दिइन् ।

संघीय संरचनाअनुसार जारी हुने बुलेटिनले कृषि कर्म गर्न मद्दत पुग्ने महाशाखाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?