Comments Add Comment

हल पुगेका धुर्मुस–सुन्तलीले दर्शकलाई दिए ‘धन्यवाद’(फोटो फिचरसहित)

आज शुक्रबारदेखि नयाँ चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले राजनीतिक घटनाक्रमको कथालाई उठान गरेको छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले आज बिहानैदेखि सुखद सुरुवात गरेको छ । आज बिहान काठमाण्डौको गोपिकृष्ण हल पुगेका मुख्य कलाकार सिताराम र कुञ्जनालाई दर्शकले स्वागत गरे । उनीहरुले ‘सेन्टी भाइरस’की जय भन्दै नारा लगाएका थिए ।

दर्शकले माया दिएपछि सिताराम र कुञ्जनाले ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग गरेको भन्दै दर्शकलाई धन्यवाद दिएका थिए । यो चलचित्रले सिंगल र मल्टिप्लेक्समा सुखद सुरुवात गरेको छ । देशभर उच्च शो पाएको चलचित्रको मल्टिप्लेक्समा दर्शकको चाप सुखद छ ।

काठमाण्डौ बाहिर विशेषगरि चितवनमा चलचित्रको क्रेज उच्च देखिएको छ । चितवनका सिंगल र मल्टिप्लेक्समा बिदाको फाइदा यो चलचित्रले उठाएको देखिन्छ । आज र भोलीको बिदामा चलचित्रले राम्रो व्यापार गर्ने संकेत देखिएको छ । आइतबारदेखि भने चलचित्रको वर्ड अफ माउथले काम गर्नेछ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment