Comments Add Comment

उत्तेजक कपडा लगाएर फेसबुकमा लाइभ गर्न नपाइने !

उत्तेजक पहिरनमा फेसबुक लाइभ गसरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ ।

तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् ।

कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको थियो । उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको दाबी त्यहाँका प्रधानमन्त्री हुन सेनले गरेका छन् ।

कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भनेका छन्, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका महिलाहरूकहाँ जानुहोस् र उनीहरूले उत्तेजक कपडाको साटो सामान्य पहिरन नलगाएसम्म लाइभ स्ट्रिमिङ्ग बन्द गराउनुहोस् । बन्द गराउनुहोस् ।’

यसरी उत्तेजक पहिरनमा फेसबुक लाइभ गर्ने कार्य देशको संस्कृति र परम्पराको उल्लंघन भएको र यसले महिलाविरुद्ध यौन दुव्र्यवहार र हिंसालाई बढावा दिएको दाबी प्रधानमन्त्रीको छ ।

कम्बोडियन पुलिसले बुधबार आफ्नो फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरेको छ । जसमा एकजना महिलाले आफुले उत्तेजक पहिरनमा फेसबुक लाइभ गरेर गलत काम गरेको र संस्कृति र महिलाको मर्यादामा आघात पुर्याएको भन्दै क्षमा मागेकी छन् ।

यस विषयमा फेसबुक कम्पनीले भने कुनै प्रतिक्रिया जनाएको छैन । एम्नेष्टी इन्टरनेशनलले कम्बोडियाका प्रधानमन्त्रीको यस्तो कदम पीडितमाथि उल्टै आक्षेप लगाउने खतरनाक कदम भएको बताएको छ । यस्तो कदमले महिलाविरुद्धको हिंसालाई बढावा दिने र लैंगिक हिंसाबाट बचेकाहरूलाई झनै पीडा दिने एम्नेष्टीको भनाइ छ ।

कम्बोडियाली महिला अधिकारवादी संगठनहरूले पनि सरकारको यस्तो कदमको विरोध गरेका छन् ।

स्मरण रहोस् कम्बोडियामा महिलामाथि बलात्कारको तथ्यांक निकै डरलाग्दो छ । सन् २०१३ मा राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार २० प्रतिशत कम्बोडियाली पुरुषहरूले आफूले महिलामाथि बलात्कार गरेको बताएका छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment