Comments Add Comment

बास्कोटालाई राजीनामाकै भरमा उन्मुक्ति दिन खोजिएको भन्दै नेविसंघको प्रदर्शन

९ फागुन, काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटालाई यत्तिकै उन्मुक्ति नदिइ छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ ।

बास्कोटाले अडियोमा ‘माथि’ र ‘हामीलाई’ जस्ता शब्द प्रयोग गरेकोले त्यसको समेत विस्तृत रुपमा अनुसन्धान गरी संलग्न सबैलाई कारबाही गर्न नेविसंघको माग छ ।

बास्कोटालाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी दमन भएको भन्दै त्यसको विरोधमा समेत शुक्रबार नेविसंघले प्रदर्शन गरेको छ ।

भ्रष्टाचारको केन्द्र बालुवाटार बन्दै गएकोले भन्दै कसैलाई उन्मुक्ति दिन नहुने भन्दै विरोध गरिएको नेविासंघका महामन्त्री दीपक भट्टराईले बताए ।

अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment