Comments Add Comment

डिशहोमको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ लक्की ड्र

९ फागुन, काठमाडौं । डिशहोमको डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।

यो योजनाअनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्रबाट बिजय भएका डिशहोमको सेटअप बक्सको कास आइडी न.०२५१९१०७४८४, कावाशोती, नवलपरासीका सुदिप मरासिनी र ०२५१९११०६५०, पोखरा कास्कीकी बिनिता गुरुङ्गलाई प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गरिनेछ । बिजेताहरुलाई डिशहोमले बधाई व्यक्त गरेको छ ।

आउने लाइभ लक्की ड्र आज सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्फर बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment