Comments Add Comment

प्रधानमन्त्रीद्वारा कालु पाँडेको शालिकमा माल्यार्पण

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्ने बताएका छन् ।

चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाको कामलाई प्रेरणाका रुपमा लिई देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने धारणा राखे ।

दहचोक पुगेर ओलीले काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरेका छन् । उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरे ।

पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफूले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए । विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।

आफू पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने आश्वासन दिए । हिउँदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने दावी गरे ।

प्रधानमन्त्री ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पूननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment