
९ फागुन, काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीकै संलग्नताको आशंका गरेका छन् ।
शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै उनले घटनाको निष्पक्ष छानविनको माग पनि गरेका छन् ।
उनले भनेका छन्, ‘देशको सुरक्षा संवेदनशीतासँग जोडिएको मुद्दामा प्रम ओलीको असली चेलाको यो काण्डले देश नै लज्जित छ ।’
यसअघि बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिद प्रक्रियाका क्रममा एजेन्टसँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । लगत्तै, उनले पदबाट राजीनामा दिएका थिए ।
‘सिंगो देशले उनको कारबाहीको माग गरिरहेको छ’, विप्लवले भनेका छन्, ‘तर, प्रम केपी ओली स्वयम् भ्रष्ट मन्त्री बाँस्कोटालाई बचाउन र घुसखोरी काण्डलाई ढाकछोप गर्न लागि रहेका छन् ।’
उनले ओली सरकारलाई भ्रष्ट, कमिसनखोर र राष्ट्रघातीको संज्ञा दिँदै सरकारको बर्खास्तीका आ–आफ्नो मोर्चाबाट उत्रिन पनि अपिल गरेका छन् ।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया 4