News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव रोल्पाबाट उम्मेदवार नबन्ने भएका छन्।
- उनीले पार्टीको विचार र परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै निर्वाचनमा सहभागी नहुने फेसबुकमार्फत उल्लेख गरेका छन्।
- पार्टीको स्थायी कमिटी बैठकले २१ फागुनको निर्वाचनमा पदाधिकारीले उम्मेदवार नदिने निर्णय गरेको थियो।
६ माघ, बुटवल । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव रोल्पाबाट उम्मेदवार नबन्ने भएका छन् । यसअघि उनी रोल्पाबाट एकल सिफारिश भएका थिए ।
उम्मेदवारी दर्ताको मुखमा विप्लवले पार्टीको विचार तथा परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै यो पटकको निर्वाचनमा सहभागी बन्न नसक्ने सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।
उनको ठाउँमा पार्टीबाट आदर्श उम्मेदवार बन्ने भन्दै उनले शुभकामना दिएका छन् ।
‘पार्टी र संसद्लाई सन्तुलित ढङ्गले चलाउन नेतृत्वको विन्यास हुनुपर्छ भन्ने हाम्रो विचार तथा परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै यो पटकको निर्वाचनमा सहभागी बन्न नसक्ने विषय विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु,’ विप्लवले लेखेका छन्, ‘हाम्रो निर्णयले जिल्ला पार्टी, रोल्पाली जनता र मित्र–आफन्तको भावना र अपेक्षामा पर्न गएको चोटप्रति क्षमाप्रार्थी छु ।’
उनले चुनावमा उम्मेदवार नबने पनि रोल्पा र रोल्पाली जनताको सुखदु:खमा साथ रहने बताएका छन् ।
नेकपा माओवादीको यसअघि बसेको स्थायी कमिटी बैठकले २१ फागुनको निर्वाचनमा पार्टीका पदाधिकारीले उम्मेदवार नदिने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4