News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दश दलबीचको एकतालाई व्यंग्य गरेका छन्।
- विप्लवले काठमाडौंको भृकुटीमण्डपमा भएको सर्वपक्षीय अन्तरिम सरकारको माग प्रदर्शनलाई 'नवरशको रमाइलो' भन्दै व्यंग्य गरेका हुन्।
- उनले भने, 'नेपालका कम्युनिष्टहरूबीच एकता आवश्यक छ तर रूपान्तरणसहित एकता नभए गणतन्त्र खरानी हुने अवस्थामा पुग्ने चिन्ता छ।'
२० कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दश दलबीचको एकतालाई व्यंग्य गरेका छन्।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले भृकुटीमण्डपमा नवरशको रमाइलो देखिएको भन्दै व्यंग्य गरेका हुन्।
‘हिजो यही भृकुटीमण्डपमा रमाइलो पनि देखियो,’ समायोजनमा आएका नौ दललाई संकेत गर्दै उनले भने, ‘नवरशमा हाम्रो रश मिसिएन। यथास्थितिमा हाम्रो रस मिसाउन मन लागेन।’
उनले आफ्नो पार्टी सधैं सच्चा कम्युनिष्टहरूबीच एकताको पक्षधर रहेको भन्दै अहिले त्यस्तो अवस्था आइनसकेको बताए।
‘नेपालका कम्युनिष्टहरूबीच एकता आवश्यक छ। हामी पनि एकताको पक्षमा रहँदै आएका छौं। तर, कस्तो एकता? कहाँ पुग्ने एकता?,’ प्रश्नले गर्दै उनले भने, ‘रुपान्तरणसहित एकता गरिएन भने २०६४ मा गणतन्त्र आयो आयो भनेर खुसी मनाएकाहरूले त्यही गणतन्त्र खरानी हुने अवस्थामा पुगेकोमा चिन्ता गर्नु पर्ने अवस्था आएजस्तो हुन्छ।’
प्रतिक्रिया 4