+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हाम्रो स्वाधीनता संकटमा छ: विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा रहेको बताएका छन्।
  • नेकपाले निकालेको प्रदर्शनमा विप्लवले भने- \'हाम्रो स्वाधीनता संकटमा छ, सिरिया हुने, युद्धको मैदान हुने खतरा छ।
  • उनले साम्राज्यवादी घुसपैठ स्वीकार्य नभएको र अमेरिका, भारत, चीनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

२० कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता संकटमा रहेको बताएका छन्।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताएका हुन्।

‘हाम्रो स्वाधीनता संकटमा छ। हामी सिरिया हुने, युद्धको मैदान हुने खतरा छ,’ उनले भने, ‘समय छँदै अरु देशको दलाली गर्न दलहरूले बन्द गरेनन् र मित्र हुँ भन्दै हस्तक्षेप गर्ने विदेशीले आफ्नो कदम रोकेनन् भने हामी अप्ठरो अवस्थामा पुग्नेछौं।’

उनले नेकपा हुँदासम्म साम्राज्यवादीको घुसपैठ सफल हुन नदिने दावी पनि गरे। ‘साम्राज्यवादी घुसपैठ हामीलाई स्वीकार्य छैन। मित्र देश हुन भने सहकार्य गर्न तयार छौं। हस्तक्षेपको मनसाय राख्नु हुँदैन भनेर हामी अमेरिका, भारत, चीन सबैसँग हातेमालो गर्न तयार छौं। नभए यो अमर सिंह, भक्ति थापाहरूको देश हो भन्ने सबैले हेक्का राख्न पनि आग्रह गर्दछौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?