+
+
Shares

सूर्यविनायक-जडिबुटी सडकमा सार्वजनिक र निजी सवारीलाई भिन्नाभिन्नै लेन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते २०:२५

११ फागुन, काठमाडौं । सूर्यविनायक-जडिबुटी सडक खण्डमा अब यात्रुबहाक तथा मालबाहक सार्वजनिक सवारी र निजी सवारीले छुट्टाछुट्टै (डेडिकेटेड) लेन प्रयोग गर्नुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट बायाँ लेनमा यात्रुबहाक तथा मालबाहक सवारी मात्र र दायाँ लेनमा निजी सवारीहरु मात्र गुड्न पाइने नियम लागू गर्न लागेको हो  ।

यसअघि पनि यस्तो नियम भएपनि कडाइ गरिएको थिएन । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दुर्घटना कम गर्न र सवारीहरुको उचित व्यवस्थापन गर्न यस्तो नियमलाई कडा ढंगबाट लागू गर्न लागिएको बताए ।

‘लेन फेर्दै मनलाग्दी चलाउँदा सडकमा दुर्घटना धेरै भयो, अब सुस्त गतिमा गुड्नुपर्ने यात्रुबहाक तथा मालबाहक सवारीलाई आफूतर्फको दुई लेनमध्ये बायाँ लेन प्रयोग गर्न अनिवार्य गर्छौं, निजी सवारी पनि बायाँमा आउन नपाउने व्यवस्था गर्छौं,’ उनले भने,’तोकिएको सवारीले तोकिएका लेन मिचेर लेन अनुशासनमा कारवाही गर्छौं ।’

सुस्त चल्ने सवारीले बायाँ लेन प्रयोग गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यसलाई प्रयोगमा ल्याउन लागिएको र क्रमशः सम्भव हुने अन्य खण्डमा पनि विस्तार गर्ने उनले बताए । यो नियम लागू गर्न सचेतनाका लागि बोर्डहरु राख्ने र चालकहरुलाई जिम्मेवार ढंगले चलाउन प्रोत्साहित गरिने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?