+

म्यानचेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लियो

२०७६ फागुन  ११ गते २१:५५ २०७६ फागुन ११ गते २१:५५
म्यानचेष्टर युनाइटेड पाँचौ स्थानमा उक्लियो
वाटफोर्डलाई ३-० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लेको छ । जितपछि युनाइटेडले शीर्ष चारको सम्भावना कायम राखेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ४२औं मिनेटमा ब्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए । वाटफोर्डका बेन फोस्टरले फर्नान्डेजलाई पेनाल्टी बक्समा फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो र फर्नान्डेजले त्यसैमा गोल गरे ।
दोस्रो हाफमा युनाइटेडले दुई गोल थप्यो । ५८औं मिनेटमा एन्टोनी मार्सिएलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
७५औं मिनेटमा फर्नान्डेजकै पासमा मासोन ग्रीनउडले गोल गर्दै युनाइटेडको अग्रता तेब्बर पारेका थिए ।
जितपछि २७ खेलबाट ४१ अ्क जोड्दै युनाइटेड पाँचौ स्थानमा उक्लेको छ । चौथो स्थानको चेल्सी भन्दा युनाइटेड ३ अंकले पछि छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय