Comments Add Comment

कमेडी च्याम्पियनको अन्तिम ३ मा पुग्न सकेनन् ‘मेक्सम’

चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट बिष्णु प्रसाद गौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन ।

तर, च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।

उत्कृष्ट ४ को प्रस्तुतीमा हिमेश ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा सुरक्षित बनेका हुन् ।

यो शो आज बेलुकी प्रशारण हुँदैछ । तर, शो प्रशारण अगाडि नै मेक्सम बाहिरिएको खबर सार्वजनिक भएपछि दर्शकमा अन्तिम ३ मा को पुग्नेछन् भन्ने कौतुहलता भने रहने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment