Comments Add Comment

जिल्ला हुलाक बझाङका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

१२ फागुन, काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

हुलाक वचत रकम हिनामिना गरेको आरोपमा कडायत र उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सोमबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा कडायत र उपाध्यायले सार्वजनिक कोषको संरक्षण गर्नुपर्नेमा उक्त कोषको दुरुपयोग गरेको पुष्टि हुन आएकाले दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कडायतलाई २ करोड ९४ लाख ८९ हजार ९ सय ७१ रुपैयाँ ६२ पैसा र उपाध्यायलाई २ करोड २४ हजार ८ सय ६९ रुपैयाँ ८२ पैसा बराबरको बिगो दाबीसहित मुद्दा दायर गरिएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment