+
+
Shares

‘हिजो आजका कुरा’को ‘माया जादौ’मा कलाकारको जम्बो टिम

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १८:२७

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ‘माया जदौ’ बोलको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ । दीपक शर्माले संगीत दिएको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ ।

भिडियोमा नेपाली चलचित्र क्षेत्रमा पुरानो पुस्तादेखि नयाँ पुस्ताका कलाकारहरुलाई देख्न सकिन्छ । भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धिरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधर लगायतलाई देख्न सकिन्छ । भिडियोको करियोग्राफर कविराज गहतराज हुन् ।

साकार पन्तको डेब्यु निर्देशनमा बनेको यस चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल,सविन शाक्यलगायतको अभिनय रहेको छ ।

‘पन्त फिल्म प्रोडक्सन’मा निर्मित चलचित्रका कार्यकारी निर्माता प्रतिभा पन्त हुन् । चलचित्रमा सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष पन्तले लेखेका हुन् भने पटकथा सन्दीप किस्नाले तयार गरेका छन् । चलचित्रले बैशाख १२ गतेलाई प्रदर्शन मिति पक्का गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?