Comments Add Comment

उम्मेद्वारीबारे चन्द्र ढकालले बुधबार प्रष्ट पार्ने

१३ फागुन, काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारीबारे प्रष्ट पार्न उपाध्यक्ष चन्द्र ढकालले घोषणासभाको आयोजना गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि एक महिनाअघि नै बाग्लुङको सार्वजनिक समारोहबाट उम्मेद्वारी घोषणा गरिसकेका ढकालले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेद्वारी किन भन्ने विषयमा प्रष्ट पार्ने भएका छन् ।

केहि दिनअघि अर्का उपाध्यक्ष किशोर प्रधानले प्रदेश नम्बर एकको विराटनगर पुगेर वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका थिए । प्रधानलाई हालका वरिष्ठ उपाध्यक्ष र अबको अध्यक्ष बन्ने पक्का भइसकेका शेखर गोल्छाले समेत साथ दिने भएका छन् ।

गोल्छा प्रधान प्यानलतिर लागेपछि ढकालले औपचारिक रुपमा केहि बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment