Comments Add Comment

बिदा हुँदै सार्क महासचिव, पाकिस्तानी गएपछि श्रीलंकाली आउने

सार्कका वर्तमान महासचिव अमजाद हुसेन सियल । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१३ फागुन, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का वर्तमान महासचिव अमजाद हुसेन सियलको पदावधि सकिन लाग्दा उनले बिदाइ भेटघाटलाई तीव्रता दिएका छन् ।

काठमाडौंस्थित सार्क सचिवालयमा तीनवर्षे कार्यकाल पूरा गरी आफ्नो देश पाकिस्तान फर्किन लागेका पाकिस्तानी कूटनीतिज्ञ सियलले मंगलबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछन् ।

उनले गत हप्ता मात्र प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीलाई भेटेका थिए ।

सार्क सचिवालयका अनुसार आगामी शनिबार पदावधि सकिने सियलले सोमबार नयाँ सार्क महासचिवलाई पद हस्तान्तरण गर्नेछन् ।

गत असोजमा संयुक्त राष्ट्रसंघीय महासभाका बेला अमेरिकाको न्युयोर्कमा भएको सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठकले नयाँ महासचिवका लागि श्रीलंकाका इसाला विराकुनको नाम अनुमोदन गरेको थियो ।

नयाँ महासचिव विराकुन श्रीलंकाको परराष्ट्र मन्त्रालय तथा पर्यटन मन्त्रालयका पूर्वसचिव हुन् । उनले भारत लगायतका देशमा श्रीलंकाको राजदूत भएर पनि काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment