Comments Add Comment

नेकपा सांसदको प्रस्ताव–प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन संविधान संशोधन गरौं

१३ फागुन,काठमाडौं । सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताए ।

संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उनले भने, ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानको लागि सबैको ध्यानाकर्षण गराउन चाहान्छु । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणालीमा जाउँ ।’

तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा १५१ सदस्यीय एउटामात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गर्न समेत उनले प्रस्ताव राखेका छन् । तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७५३ बाट घटाएर ३५० को हाराहारीमा ल्याउन समेत प्रस्ताव राखेका छन् ।

तामाङले सत्तारुढ दल र बाहिरबाट समेत संविधान संशोधनको कुरा उठिरहेका बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको संसदका पक्षमा यसै संसदबाट संविधानमा संशोधन गर्न समेत प्रस्ताव राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment