Comments Add Comment

नापोलीसँग बार्सिलोनाको बराबरी

Photo Credit : GETTY IMAGES

१४ फागुन, काठमाडौं । स्पानिस जायन्ट बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब नापोलीसँग बराबरी खेलेको छ । मंगलवार राति नापोलीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–१ को बराबरी खेलेको हो ।

खेलको ३०औं मिनेटमा ड्राई मर्टेन्सको गोलबाट घरेलु टोली नापोलीले पहिले अग्रता लिएको थियो । यस गोलपछि उनले नापोलीका लागि सर्वाधिक १२१ गोल गर्ने मारेक ह्यामसिकको कीर्तिमान बराबरी गरेका छन् ।

पहिलो हाफमा नापोलीले अग्रता कायम राखेको थियो । तर दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्कायो । ५७औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

८९औं मिनेटमा अर्टुरो भिदाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाले दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो ।

दोस्रो लेग मार्च १८ मा बार्सिलोनाको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment